करिव एक वर्ष मात्रै कार्यकाल बाँकी रहेका अर्याललाई गृह सचिवको जिम्मेवारी – Nepal Press

करिव एक वर्ष मात्रै कार्यकाल बाँकी रहेका अर्याललाई गृह सचिवको जिम्मेवारी

काठमाडौं । करिव एक वर्ष मात्रै सचिवको कार्यालय रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गृह सचिवको जिम्मेवारी दिएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका दिनेश भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको जिम्मेवारीमा थिए ।

यदि अबको एक वर्षसम्म अर्यालयको गृह मन्त्रालयबाट सरुवा नभएमा उनी त्यहिबाट पाँच वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जानेछन् । चार वर्ष अघि सहसचिवबाट सचिवमा बढुवा भएपछि उनको पहिलो पदस्थापन काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा भएको थियो ।

त्यतिबेला काठमाडौं महानगरपालिकामा सचिवको दरबन्दी रहेको थियो । त्यसपछि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव भएर काम गरेका थिए ।

उपप्रधान एवम परराष्ट्रमन्त्री नाारायणकाजी श्रेष्ठ उपप्रधान एवम गृहमन्त्री जिम्मेवारीमा रहदाँ १० महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भट्टराईलाई गृह सचिवको जिम्मेवारी दिएका थिए ।

भुटानी शरणार्थी काण्ड बाहिरिएपछि अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह गृह सचिवको जिम्मेवारीमा थिए । उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा भएपछि भट्टराईको गृह मन्त्रालयमको सचिवमा सरुवा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर