इण्डोनेसियाको सुमात्रामा बाढी : २० को मृत्यु, २० हजार घरको छानासम्म पानी – Nepal Press

इण्डोनेसियाको सुमात्रामा बाढी : २० को मृत्यु, २० हजार घरको छानासम्म पानी

काठमाडौं । इण्डोनेसियाको दोस्रो ठूलो जनसंख्या भएको टापु सुमात्रामा आएको बाढीमा परेर २० जना भन्दा धेरैको ज्यान गएको छ । बाढीमा परेर २० हजारभन्दा धेरै घरको छानासम्म पानीको तह आएको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।

डिडब्लूका अनुसार आइतबार सरकारी अधिकारीहरुले यो तथ्यांक सार्वजनिक गरेका थिए । वर्षाको कारण बाढी आएको बताइएको छ । बिहीबारबाट पश्चिम सुमात्राको राजधानी पाताङ डुबानमा परेको छ । बाढी पीीडत ८० हजार नागरिकहरु अस्थायी बसोबासको क्षेत्रमा सरेका छन् ।


प्रतिक्रिया

One thought on “इण्डोनेसियाको सुमात्रामा बाढी : २० को मृत्यु, २० हजार घरको छानासम्म पानी

  1. नेपाल सरकारले सहानुभूति प्रकट हुन सकोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर