कांग्रेसमाथि प्रचण्डको आरोप- गठबन्धनबाट पहिलो पार्टी बनेको बिर्सिएर बेमौसमको मानमर्दन गर्‍यो (भिडिओ) – Nepal Press

कांग्रेसमाथि प्रचण्डको आरोप- गठबन्धनबाट पहिलो पार्टी बनेको बिर्सिएर बेमौसमको मानमर्दन गर्‍यो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबाट पहिलो पार्टी बनाएको बिर्सिएर गठबन्धनकै विरुद्ध महासमिति बैठकमा निष्कर्ष निकालेको कांग्रेसमाथि आरोप लगाएका छन् । सत्ता समीकरण फेरिपछिको पहिलो प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादीविरुद्ध विद्रोह गर्नेहरूलाई कांग्रेसले पुरस्कृत गरेको बताए ।

उनले भने, ‘कोशीमा कांग्रेसको एउटा समूहले माओवादीका विरुद्ध विद्रोह नै गर्‍यो । गठबन्धनको नैतिकताको कसिमा दण्डित हुनुपर्थ्यो तर, त्यो पुरस्किृत भयो । राष्ट्रियसभाको निर्वाचनमा त्यही पक्षले माओवादीको उम्मेदवारलाई पराजित नै गर्‍यो ।

निर्वाचन आउन चार वर्ष छँदै बेमौसमको मानमर्दन विवेकपूर्ण र राजनीतिक मान्न नसकिने उनको टिप्पणी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर