ठेकेदारसँग मिलेमतो गर्ने सिनियर डिभिजनल इन्जिनियरसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

ठेकेदारसँग मिलेमतो गर्ने सिनियर डिभिजनल इन्जिनियरसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर डिभिजनल इन्जिनियरसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालोपत्रे बाटो निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार देवसहितलाई विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधुवापुर अन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग तीन सय मिटर दूरीमा कालोपत्रे बाटो निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार सीडीई देवसहित, तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोजकुमार यादव र निर्माण व्यवसायी गुन्जा कन्सट्रक्सनका सञ्चालक गोविन्दप्रसाद मण्डललाई प्रतिवादी बनाइएको छ ।

प्राविधिकहरूले अनियमित तरिकाले ठेकेदार मण्डललाई तीन लाख ४७ हजार रूपैयाँ भुक्तानी दिएको आयोगले जनाएको हो । उनीहरूसँग तीन लाख ४७ हजार रूपैयाँ बिगो दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर