गठबन्धन फेरेपछि प्रदीप पौडेलको आरोप- प्रचण्डले अस्थिरताको नेतृत्व गरे – Nepal Press

गठबन्धन फेरेपछि प्रदीप पौडेलको आरोप- प्रचण्डले अस्थिरताको नेतृत्व गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर अस्थिरताको नेतृत्व गरेको आरोप लगाएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहित नयाँ समीकरणमा प्रधानमन्त्री प्रचण्ड अघि बढेपछि नेता पौडेलले राजनीतिक स्थिरता र विकासको स्वाद अझै केही समय पाउन नसक्ने प्रस्ट रहेको बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘अहिले फेरिएको गठबन्धनले नेपाली राजनीतिक इतिहासमा अस्थिरताको अर्को श्रृंखला थपेको छ । जसको नेतृत्व स्वयं प्रधानमन्त्रीले गरेका छन् । नेपाली नागरिकले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता र विकासको स्वाद अझै केही समय पाउन नसक्ने प्रस्ट संकेत यस्ता घटना र तिनको नेतृत्वकर्ताको व्यवहारले छर्लङ्ग पारेको छ ।’

उनले यहाँ कुनै व्यक्ति, पात्र वा पार्टी, कसले के पाए वा गुमाए भन्दा जटिल र गहन सवाल हो, देशले के पायो भन्दै प्रश्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर