जसपाको संगठित सदस्यता शुल्क एक सय रुपैयाँ – Nepal Press

जसपाको संगठित सदस्यता शुल्क एक सय रुपैयाँ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फागुन २० भित्र पार्टी सदस्यता अनिवार्य नविकरण गर्न निर्देशन दिएको हो।

केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले प्रदेश तथा जिल्लाबाट सदस्यता नविकरण गराउँदा पार्टीबाट निर्देशन भएको प्रचार विभाग प्रमुख पुर्ण बस्नेतले बताए।

उनका अनुसार फागुन २० गतेसम्म नविकरण गराइसकेमा फागुन २५ गतेसम्म नविकरण भएको रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउनेछ।
जसपाको संगठित सदस्यता शुल्क बार्षिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर