एक वर्षे मार्स मिशनका लागि स्वयंसेवक खोज्दै नासा – Nepal Press

एक वर्षे मार्स मिशनका लागि स्वयंसेवक खोज्दै नासा

काठमाडौं । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले एक वर्ष लामो मार्स सर्फेस मिशनका लागि स्वय‌सेवक माग गरेको छ । नासाले एक वर्ष लामो मंगल ग्रहको सर्फेस मिशनमा एजेन्सीहरुको सहयोग गर्ने स्वयंसेवकहरु आह्नवा गरेको हो ।

नासाले आफ्नो दोस्रो मिशन च्यापर (क्रु हेल्थ एण्ड पर्फमेन्स एक्सप्लोरेसन एनालग) का लागि स्वयंसेवकहरुको माग गरेको छ । उक्त मिशन सन् २०२५ मा सुरु हुने जनाइएको छ ।

उक्त मिशनका लागि अमेरिकी नागरिक अथवा स्थायी बासिन्दा, जसले धूमपान गर्दैन र ३० देखि ५५ वर्षसम्मको स्वयंसेवाक चाहिएको उल्लेख गरिएको छ । साथै मिशनमा सहभागी सदस्यहरुसँग अंग्रेजीमा दक्ष रुपमा सञ्चार गर्नसक्ने नासाले उल्लेख गरेको छ । उक्त मिशनमा स्वयंसेवा गर्न चाहनेले अप्रिल २ सम्म आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर