स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ- परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गइरहेको छ – Nepal Press

स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ- परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गइरहेको छ

‘हदैसम्म लचिलो भएर सहमतिमै टीआरसी विधेयक टुंग्याउनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति तरल रहेको ब्रिफिङ गरेका छन् ।

प्रवक्ता अग्निप्रसाद सापकोटाको अनुसार पार्टीे स्थार्यी कमिटीको बैठकमा वर्तमान परिस्थितिबारे उनले भने, ‘वर्तमान परिस्थितिमा अहिले तरल भएको छ । जटिल र पेचिलो बन्दैछ । अहिले हाम्रो मुख्य कार्यभार भनेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ भनेर पाटीहरुमा घनिभूत छलफल भइरहेको छ ।’

उनले अध्यक्षले बैठकमा पार्टीको विधान, केन्द्रीय समिति र विधान सम्मेलनको व्यवस्थानको बारेमा ब्रिफिङ गरेको बताए ।

बैठकमा नेताहरुले टीआरसी विधेयक यही अधिवेशनबाट सत्तापक्ष र प्रतिपक्ष दलसँग छलफल गरेर सहमतिमै टुंग्याउनुपर्ने सुझाव दिएको बताए । विधेयकमा सहमति जुटाउनको लागि हदैसम्म प्रयास गर्न सुझाव बैठकमा आएको उनकोे भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर