बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात, टप ३ ब्याट्सम्यान छिट्टै आउट – Nepal Press

बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात, टप ३ ब्याट्सम्यान छिट्टै आउट

काठमाडौं । यू १९ विश्वकप क्रिकेट अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध खराब सुरुवात गरेको छ । १० ओभरभित्रै नेपालका ३ ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

नेपालले १८ रनको स्थितिमा पहिलो विकेट गुमाएको थियो । विपिन रावलले १२ बलमा २ रन मात्र जोडेर आउट भए । लगत्तै अर्का भरपर्दा ओपनर अर्जुन कुमाल पनि पेभिलियन फर्किए । उनले २६ बलमा २ चौकासहित १४ रन जोडे ।

रोहन्नत दोउल्लाह बोर्सोनले उनलाई मरुफ मृधाको हातबाट क्याचआउट गराएका हुन् । तेस्रो विकेटका रुपमा आकाश त्रिपाठी आउट भएपछि नेपाल दवावमा आएको छ । खराब फर्ममा रहेका आकाशले १३ बलमा ३ रन मात्रै बनाउन सके ।

अहिले क्रिजमा कप्तान देव खनाल र विशालविक्रम केसी छन् । खनालले आज पनि कप्तानी इनिङ खेल्नुपर्ने दायित्व छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *