बल्ल चालू खर्च धान्ने अवस्थामा आइपुग्यो आन्तरिक स्रोत – Nepal Press

बल्ल चालू खर्च धान्ने अवस्थामा आइपुग्यो आन्तरिक स्रोत

काठमाडौं । आन्तरिक स्रोतले नै चालू खर्च धान्ने अवस्थामा आइपुगेको छ । चालू खर्चअन्तर्गत कर्मचारीको तलब भत्तालगायतका प्रशासनिक खर्च पर्दछन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व संकलन ८ खर्ब नजिक पुगेको छ ।

चालू आर्थिक वर्षको वैशाख १८ गतेसम्म राजस्व संकलन ७ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको पुगेको छ । यो अवधिमा चालू खर्च भने ६ खर्ब ९९ अर्ब ३० करोड रूपैयाँ छ । गत वर्ष यही समयमा सरकारको आम्दानीले तलब भत्तासमेत खुवाउन नसक्ने अवस्था थियो ।

सरकारको कार्यालय तथा प्रशासनिक खर्च त्यतिबेला ७ खर्ब ४५ अर्ब ६३ करोड रूपैयाँ थियो तर राजस्व ७ खर्ब ११ अर्ब रूपैयाँ संकलन भएको थियो ।

हालसम्म सरकारले ९ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ बजेट खर्च भएको छ भने यो अबधिमा ८ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ आम्दानी भएको देखिन्छ । यो कर तथा गैरकर, अनुदान तथा अन्य प्राप्तिको रकम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *