यू-१९ विश्वकप : नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशसंग खेल्दै – Nepal Press

यू-१९ विश्वकप : नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशसंग खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ ।

नेपाल र बंगलादेशबिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ ।

पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ ।

उता बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

यू-१९ विश्वकपमा नेपालले तेस्रो पटक बङ्गलादेशको सामना गर्दैछ ।

यसअघि नेपाल र बङ्गलादेशको भेट दुई पटक भएको छ । जसमा एकमा नेपाल र एकमा बङ्गलादेश विजयी भएका छन् ।

नेपालले २००२ मा भएको यु-१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

उक्त च्याम्पियनसिपमा नेपाल फाइनलमा जिम्बाब्बेसँग १३७ रनले पराजित भएको थियो ।

नेपाल र बङ्गलादेशको दोस्रो भेट २०१६ मा भएको यु-१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसयता भने नेपाल र बङ्गलादेशको भेट भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *