लालसागर तनाव र विश्व व्यापार संकट – Nepal Press

लालसागर तनाव र विश्व व्यापार संकट

विगत केही समयदेखि लालसागार (रेड सी) मा तनाव बढ्दै गएको छ । इजरायलद्वारा गाजामा नरसंहार गरेको र उक्त कार्य नरोकिएसम्म ऊ सम्बद्ध पानीजहाजहरुलाई लालसागरमा चल्न नदिने घोषणा गर्दै यमनको हुथी विद्रोहीहरुले अवरोध गरेपछि उक्त क्षेत्रमा तनावको अवस्था सृजना भएको हो । जल यातायातको दृष्टिले सबैभन्दा व्यस्त सागरमा अवरोधले दुनियाँको आपूर्ति प्रणालीमात्र प्रभावित बनेको छैन, अमेरिका र बेलायतका लडाकु विमानहरुले यमनका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि इजरायल-हमास युद्ध फैलिने खतरा बढ्दै गएको छ । प्रस्तुत लेखमा लालसागार र विश्व व्यापार यसमा महत्व, विषयमा संक्षेपमा चर्चा गरिएको छ ।

लालसागर

लालसागार (रेड सी) विश्वको अति महत्वपूर्ण जलमार्ग हो । यसले अन्तर्राष्ट्रिय व्यापारको १२ प्रतिशत र कुल सामुद्रिक व्यापारको ३० प्रतिशत हिस्सा ओगटेको छ । यो सागर इजिप्ट, जोर्डन, साउदी अरेबिया, सुडान, एरेट्रिया, जिबाउटी, यमन, सोमालिया र इजरायल हुँदै हिन्द महासागरसँग मिसिन्छ ।

मूलतः लालसागर एसिया र अफ्रिकाको बीचमा अवस्थित छ । यसलाई इजिप्टमा करिब १९३.३ किलोमिटर लामो कृत्रिम नहर बनाएर एसिया र युरोपको बीचमा अत्यन्तै छोटो र महत्वपूर्ण व्यापार मार्ग बनाइयो । जसलाई सुइज नहर भनिन्छ । यसको निर्माण सन् १८५९ मा सुरु भई १० वर्षपछि सन् १८६९ नोभेम्बर १७ मा औपचारिक रुपमा खुला गरिएको थियो ।

पछिल्लो समय यमनको हुथी समूहले लालसागरमा अवरोध गरिरहेको छ । अमेरिकी गठबन्धन तथा इजरायलसँग सम्बन्धित जहाजहरु उसको निशानामा परेका छन् । एउटा रिपोर्टअनुसार संसारका सबैभन्दा ठूला दश सिपिङ कम्पनीमध्ये सात वटाले लालसागर रुटमा आफ्नो सेवा बन्द गरेका छन् ।

सुइज नहर ब्रिटेन र फ्रान्स सरकारको संयुक्त कम्पनी Cuez Canal Companyले सञ्चालन गर्दै आएको थियो । तर, सन् १९५६ मा इजिप्ट सरकारले यसलाई राष्ट्रियकरण गर्दै Cuez Canal Authority (CSA) मार्फत सञ्चालन गर्दै आएको छ । यो नहर इजिप्ट सरकारको प्रमुख आयस्रोत हुनुको साथै उक्त क्षेत्रको द्वन्द्वको प्रमुख कारण पनि बनेको छ ।

लालसागर युरोप र एसिया जोड्ने सबैभन्दा छोटो जलमार्ग हो । उत्तरी एट्लान्टिक महासागर, भूमध्य सागर हुँदै उत्तरी हिन्द महासागरलाई यसले जोड्ने हुँदा यो जलमार्गले युरोपलाई एसियाका र अस्ट्रेलियासँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । अर्थात, लण्डनबाट मुम्बईको दूरी अरेबियन सागरबाट भन्दा लालसागरबाट करिब ८ हजार ९०० किलोमिटर छोटो पर्छ ।

पछिल्लो समय यमनको हुथी समूहले लालसागरमा अवरोध गरिरहेको छ । अमेरिकी गठबन्धन तथा इजरायलसँग सम्बन्धित जहाजहरु उसको निशानामा परेका छन् । एउटा रिपोर्टअनुसार संसारका सबैभन्दा ठूला दश सिपिङ कम्पनीमध्ये सात वटाले लालसागर रुटमा आफ्नो सेवा बन्द गरेका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार हुथी विद्रोहीले दशभन्दा बढी पानी जहाजमा सयौंको संख्यामा ड्रोन र मिसाइल प्रहार गरेका छन् ।

लालसागर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रणनीतिक क्षेत्रका रुपमा प्रयोग हुँदै आएको छ । जलमार्गका रुपमा अत्यन्तै महत्वपूर्ण यो सागर भूराजनीतिक प्रभाव र चासोहरुको केन्द्र बन्दै आएको छ । विशेषगरी खाडी क्षेत्रको तेल, अफ्रिकाको खनिज र अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग भएकाले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा र द्वन्द्वको केन्द्रसमेत बन्दै आएको हो ।

लालसागर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रणनीतिक क्षेत्रका रुपमा प्रयोग हुँदै आएको छ । जलमार्गका रुपमा अत्यन्तै महत्वपूर्ण यो सागर भूराजनीतिक प्रभाव र चासोहरुको केन्द्र बन्दै आएको छ । विशेषगरी खाडी क्षेत्रको तेल, अफ्रिकाको खनिज र अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग भएकाले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा र द्वन्द्वको केन्द्रसमेत बन्दै आएको हो ।

लालसागर तनावले अफ्रिका परिक्रमा गरी ढुवानी गर्दा यसको लागत बढ्नुका साथै बीमा कम्पनीहरुले जोखिम बढेको भन्दै प्रिमियमसमेत बढाइसकेका छन् । यो घटनाले इजरायलको अन्तर्राष्ट्रिय व्यापारमा ठूलो समस्या पैदा गरेको छ । साथै अन्तर्राष्ट्रिय तेल व्यापारको सबैभन्दा महत्वपूर्ण मार्गले तेलको मूल्यवृद्धि हुनेछ । जसका कारण संसारभर मुद्रास्फ्रीति बढ्नेछ ।

लालसागर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रणनीतिक क्षेत्रका रुपमा प्रयोग हुँदै आएको छ । जलमार्गका रुपमा अत्यन्तै महत्वपूर्ण यो सागर भूराजनीतिक प्रभाव र चासोहरुको केन्द्र बन्दै आएको छ । विशेषगरी खाडी क्षेत्रको तेल, अफ्रिकाको खनिज र अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग भएकाले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा र द्वन्द्वको केन्द्रसमेत बन्दै आएको हो ।

Picture Source: BBC

इतिहासमा धेरै पटक लालसागरमा अवरोध हुँदै आएको छ । पछिल्लो पटक सन् २०२१ मार्चमा एउटा मालबाहक जहाज सुइज नहरमा फसेर ६ दिनसम्म बन्द हुँदा ४९.६ बिलियन डलर बराबरको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएका रिपोर्टहरु सार्वजनिक भएको थियो । यसैगरी विभिन्न समयमा भएका अरब-इजरायल युद्धका बेलासमेत यो सागरमा अवरोध हुँदै आएको छ ।

यसरी अन्तर्राष्ट्रिय व्यापारको लाइफलाइन मानिएको लालसागरमा हाल भइरहेको द्वन्द्वले दुनियाँको अर्थतन्त्रलाई नराम्रो धक्का दिने देखिँदैछ । प्यालेस्टाइन जनतामाथिको नरसंहार रोक्नुपर्ने हुथी विद्रोहीहरु उक्त माग पूरा नभएसम्म पछाडि नहट्ने अडानमा छन् । इजरायल-हमास युद्ध, हुथी विद्रोहीको माग आदिका विषयमा लामो बहस गर्न सकिन्छ । तर, अन्तर्राष्ट्रिय प्रमुख जलमार्गमा कुनै पनि प्रकारको माग राखी अवरोध पुर्‍याउनुका साथै बार्गेनिङको अस्त्र बनाउनु गैरजिम्मेवारपनको पराकाष्ठा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *