राप्रपालाई कोशीको सभामुख किस्तीमा उपहार, अम्बर बहादुर विष्टलाई अघि सार्ने – Nepal Press

राप्रपालाई कोशीको सभामुख किस्तीमा उपहार, अम्बर बहादुर विष्टलाई अघि सार्ने

विराटनगर । कोशी प्रदेशको प्रदेश सभामा बहुमत कायम राखिराख्न सत्ता गठबन्धन राप्रपालाई सभामुख पद दिन तयार देखिएका छन् । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पद राप्रपालाई दिन तयार भएपछि राप्रपाले सभामुखमा अम्बर बहादुर विष्टलाई अगाडि सार्ने तयारी गरेको छ ।

राप्रपाले औपचारिक रूपमा सभामुख लिने विषयमा निर्णय नगरे पनि सभामुख लिने राप्रपा तयार देखिएको छ । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र एमाले दुवैसँग सभामुखका विषयमा छलफल भएको बताए । उनले राप्रपा सभामुख लिने विषयमा पोजेटिभ रहेको बताए ।

उनले भने, ‘अहिलेसम्म सभामुख लिएर जानु पर्छ भन्नेमा छौं । भोलिबाट बस्ने केन्द्रीय कमिटीको बैठकले अर्को निर्णय गरेन भने हामी कोशी प्रदेशमा सभामुख पद अगाडि लिएर अगाडि बढ्ने छौं । उनले सभामुख पद लिए पनि सरकारमा जाने विषयमा भने राप्रपाले नसोचेको र यस बारेमा छलफल समेत नभएको सिटौलाले बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सभामुख पद लिन बहुमत पुर्याउन सकस छ । यही सकसका कारण राप्रपालाई सभामुख दिएर बहुमत कायम राखिराख्ने योजनामा सत्ता गठबन्धन रहेको छ । कोशीमा सत्तामा रहेका दलहरूसँग ठिक्क ४७ सिटको मात्रै बहुमत रहेको छ ।

९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पुर्याउन ४७ सिट आवश्यक पर्दछ । जसमा काँग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट सङ्ख्या रहेको छ । सभामुख लिने बित्तिकै सभामा ४६ सिट हुन्छ ।

केही समय अगिाडि विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भनेका थिए, ‘सत्तामा रहेका दलहरूले कोशी प्रदेशको अङ्क गणितले हामीलाई किस्तीमा राखेर सभामुख पद लैजानुस् भनेर भन्नु हुन्छ । अहिले नै हामी निर्णयमा पुगेका छैनौ ।’ पछिल्लो समय भने आफूहरूका पक्षमा सहमति भए सभामुख पद लिने अवस्थामा पुगेको संसदीय दल कोशीका नेता सिटौलाले पुष्टि गरे ।

सत्ता गठबन्धनको ठूलो घटक नेपाली काँग्रेस संसदीय दल कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आफूहरूले राप्रपालाई सभामुख पद लिनुस् भनेर भनेको बताए । उनले भने, हामीले आग्रह गरेका छौ । उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । एमालेसँग छलफल गरेर केही दिन भित्रमै कोशीमा रित रहेको सभामुख पद पूर्ति गरिन्छ ।

सहमति भए सहमतिमा नभए निर्वाचन प्रक्रियामा गएर भए पनि सभामुख नियुक्त हुने थापाले बताए । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आंवोले शीर्ष नेताहरूका बीचमा सभामुख राप्रपालाई दिने सहमति भएकाले आफूहरू सहमतिबाट पछि नहट्ने बताए । उनले भने राप्रपालाई सभामुख दिने विषयमा सत्ता गठबन्धनका बिचमा सहमति भएको छ । केही दिन भित्रमै एमालेसँग सहमति भए सहमतिमा नभए निर्वाचनमा गएर भए पनि सभामुख नियुक्त हुन्छ ।

साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि उप सभामुख सिृजना दनुवारले सभा चलाउँदै आएकी छन् । एमालेबाट उप सभामुख भएकाले संविधान अनुसार एमालेले यही अवस्थामा सभामुख दाबी गर्न सक्दैन । यदि एमालेले सभामुख दाबी गर्ने हो भने उप सभामुखले राजीनामा दिनु पर्ने छ ।

राप्रपाबाट अम्बरबहादुर

राप्रपालाई सभामुख दिँदा राप्रपाले अम्बर बहादुर बिस्टलाई सभामुख बनाउने छ । उनी समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका हुन् । उमेरका हिसाब र आवश्यकताका हिसाबले पनि हामीले सभामुखमा पठाउने अम्बर बहादुर विष्ट हो । संसदीय दलका नेता सिटौलाले भने, ‘सभामुख लिने परिश्थती बने सभामुख माननीय अम्बर बहादुर विष्ट हुनु हुने छ ।’

गौरादहा ७ ग्वालाडुव्वा घर भएका विष्ट झापा जिल्ला पञ्चायतका सदस्य भएका थिए । पञ्चायाती व्यवस्थाका बेलादेखि नै राजनीतिमा सक्रिय विष्ट ४६ सालपछि पनि निरन्तर राप्रपाको राजनीतिमा सहभागी छन्

राप्रपालाई सभामुख दिँदा राप्रपाले अम्बर बहादुर बिस्टलाई सभामुख बनाउने छ । उनी समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका हुन् । उमेरका हिसाब र आवश्यकताका हिसाबले पनि हामीले सभामुखमा पठाउने अम्बर बहादुर विष्ट हो । संसदीय दलका नेता सिटौलाले भने, ‘सभामुख लिने परिश्थती बने सभामुख माननीय अम्बर बहादुर विष्ट हुनु हुने छ ।’

गौरादहा ७ ग्वालाडुव्वा घर भएका विष्ट झापा जिल्ला पञ्चायतका सदस्य भएका थिए । पञ्चायाती व्यबस्थाका बेलादेखि नै राजनीतिमा सक्रिय विष्ट ४६ सालपछि पनि निरन्तर राप्रपाको राजनीतिमा सहभागी छन् ।


प्रतिक्रिया

One thought on “राप्रपालाई कोशीको सभामुख किस्तीमा उपहार, अम्बर बहादुर विष्टलाई अघि सार्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर