इजरायली आक्रमणमा अल जजीराका क्यामेराम्यान मारिए, पत्रकारका परिवारकै सामुहिक हत्या – Nepal Press

इजरायली आक्रमणमा अल जजीराका क्यामेराम्यान मारिए, पत्रकारका परिवारकै सामुहिक हत्या

काठमाडौं । इजरायलले गाजामा गरिरहेको क्रुर र आततायी हमलामा परेर अल जजीरा टेलिभिजनका पत्रकारको मृत्यु भएको छ । शुक्रवारको सो हमलामा अल जजीराका गाजा संवाददाता घाइते भएका छन् ।

गाजा शहरको खान युनिसस्थित एक स्कूलमा इजरायली हमलाको बारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाले अल जजीराका क्यामेरामेन समर अबू दक्काको हत्या गरेको हो ।

सो आक्रमणमा संवाददाता वाएल अल दहदौ घाइते भएको अल जजीराले जनाएको छ । रिपोर्टिङकै क्रममा उनीहरुमाथि ड्रोनबाट हमला भएको थियो ।

रिपोर्टरको काँधमा गम्भीर चोट लागे पनि रगत बगिरहेका बेला उनी भाग्न सफल भएका थिए । क्यामेरामेनलाई घटनास्थलबाट एम्बुलेन्समार्फत उद्दार गर्न खोजिए पनि बाटो बन्द भएका कारण उपचार नपाएर मृत्यु भयो । मृतक खान सन् २००४ देखि अल जजीराका लागि प्यालेस्टानइमा काम गरिरहेका पत्रकार थिए ।

इजरायली सेनाले पत्रकारको हत्याबारे अहिलेसम्म कुनै प्रतििक्रया दिएको छैन । घाइते पत्रकार दहदौकी श्रीमती,छोरा र छोरीका साथै नातिको समेत यसै अक्टोबरको हमलामा मृत्यु भएको थियो । अल जजीराले जानी जानी इजरायली सेनाले पत्रकार दहदौको परिवारलाई निशाना बनाएको आरोप लगाएको छ ।

पत्रकार दहदौ प्यालेस्टाइनी जनताको पीडा विश्व समुदायलाई सुनाउने एकमात्र साहसी पत्रकार मानिन्छन् । त्यसैले इजरायलले श्रीमती,छोरा छोरीको समेत हत्या गरेको आरोप छ । इजरायली आक्रमणमा परी अहिलेसम्म ५७ जना प्यालेस्टाइनी पत्रकारको हत्या भइसकेको छ ।


प्रतिक्रिया

One thought on “इजरायली आक्रमणमा अल जजीराका क्यामेराम्यान मारिए, पत्रकारका परिवारकै सामुहिक हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर