जो बाइडनपुत्र हन्टरले गरे एलन मस्कको आलोचना – Nepal Press

जो बाइडनपुत्र हन्टरले गरे एलन मस्कको आलोचना

काठमाडौं । आफ्नो बारेमा अफवाह फैलाएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनपुत्र हन्टर बाइडनले खर्बपति तथा एक्स (साविक ट्वीटर) का मालिक एलन मस्कको चर्को आलोचना गरेका छन् ।

प्रजातन्त्र र स्वतन्त्रताको लागि आवश्यक बौद्धिक दक्षता मस्कमा नभएको भन्दै उनले आलोचना गरेका हुन् । यससम्बन्धी खबर रुसी सरकारी मिडिया आरटीले प्रमुखताकासाथ छापेको छ । आरटीका अनुसार केही दिनअघि अमेरिकी न्याय विभागका अधिकारीहरूले बाइडनले ९ वटा नयाँ खालका कर छली गरेर विलासी जीवन बिताएको भन्दै छानबिन गरेको केही दिनमै हन्टरले मस्कको आलोचना गरेका हुन् ।

शुक्रबार मोबी नामक एक पडकास्टमा कुरा गर्दै हन्टर बाइडनले यस्तो बताएका हुन् । उनले अमेरिकाको सबैभन्दा खराब आफू भएको देखाउन दक्षिणपन्थीहरू लागेको र त्यसमा मस्कले बढवा दिएको आरोप लाउँदै भनेका छन्, ‘एलन मस्कले प्रजातन्त्रबारे वास्ता गर्दैनन् । एलन मस्कले अमेरिकाको भोटको अधिकारको बारेमा वास्ता गर्दैनन् ।’

अमेरिकी अदालतले सन २०१६ देखि २०१९ को बीचमा हन्टर बाइडनले अमेरिकामा १४ लाख डलरको कर छलेको तथ्य सार्वजनिक गरेको आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर