गैरआवासीय नेपाली संघका ३६ विभागीय संयोजक चयन, कसलाई के जिम्मेवारी ? (सूचीसहित) – Nepal Press

गैरआवासीय नेपाली संघका ३६ विभागीय संयोजक चयन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

भूकम्प प्रभावित कोषमा एनआरएनएको १ करोड ४३ लाख संकलन, राष्ट्रिय क्रिकेट टिमलाई १० लाख नगदसहित सम्मान गर्ने

झापा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ३६ वटा समिति गठन गरेको छ । गत महिना सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले विभागहरूको गठन गरेको प्रवक्ता फणीन्द्र पन्तले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

एनआरएनए अध्यक्ष डा।बद्री केसीको अध्यक्षतामा आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारमा १ करोड ३० लाख राहत संकलन भएको र ५३ लाखको राहत सामग्री बाँडिएको जनाएको छ ।

बैठकले अध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा एक सय मिलियन फन्ड परियोजना गठन गरेको छ ।

त्यस्तै विभागीय प्रमुखहरूमा स्मार्ट एनआरएनएको संयोजक गौरी राज जोशी, मिडिया समितिको संयोजक फणीन्द्र पन्त,सामाजिक साझेदारी समिति संयोजकमा सुदन थापा र लेखा संयोजकमा इन्द्र लामालाई जिम्मेवारी दिएको छ ।

त्यस्तै एक एनसीसी एक परियोजना संयोजकमा डा।हेमराज शर्मा,पर्यटन प्रवर्द्धन समितिमा सोम सापकोटा,भाषा साहित्य समितिमा भिमकमल केसी,संस्कृति सम्पदा समितिमा प्रविन गुरुङ संयोजक तोकिएका छन् ।

बैठकले वैदेशिक रोजगार राहत कोष समितिमा राज रेग्मी,सामाजिक सुरक्षा कोष समितिमा मनोज श्रेष्ठ,व्यापार र लगानी प्रवर्द्धन समिति संयोजकमा डा. केशव पौडेललाई जिम्मेवारी दिएको छ । नेपाली नागरिकता निरन्तरता समितिको संयोजकमा रामशरण सिम्खडा तोकिएका छन् ।

बैठकले नेपाली राष्ट्रिय क्रिकेट निम अन्तर्राष्ट्रिय टी–२० मा छनौट भएकोमा खेलाडीको सम्मानका लागि संघको तर्फबाट १० लाख नगदसहित सम्मान गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *