जापानी विदेशमन्त्री काठमाडौंमा – Nepal Press

जापानी विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरिन् ।

भ्रमणका क्रममा उनले काठमाडौं दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने छिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्ने छन् । विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने छिन् ।

उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किएकी थिइन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र नेपालको भ्रमण गर्ने जापानी विदेश मन्त्रालयले घोषणा गरेको थियो ।

६ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमणमा हुने ठोस सम्झौता तथा समझदारीहरु सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *