गैरकानूनी सम्पत्ति आर्जनमा लम्बोदर न्यौपानेसँग २५ लाख धरौटी माग, नगदै बुझाएर छुटे – Nepal Press

गैरकानूनी सम्पत्ति आर्जनमा लम्बोदर न्यौपानेसँग २५ लाख धरौटी माग, नगदै बुझाएर छुटे

काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जनमा सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका लम्बोदर कुमार न्यौपानेसँग २५ लाख रुपैयाँ धरौटी मागिएको छ । विशेष अदालतले सोमबार न्यौपानेसँग २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । न्यौपाने धरौटीबापतको रकम नगदै बुझाएर छुटेका छन् ।

अदालतमा उपस्थित हुने निवेदनपछि यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले थुनछेक सुनुवाई गरेको थियो। न्यौपाने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको तत्कालीन सन्चालक हुन् । यसअघि घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि न्यौपानेविरुद्ध मुद्दा दायर गरेको थियो ।

२०७८ माघ २७ गते न्यौपानेसहित ९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर