निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय – Nepal Press

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘निजगढ विमानस्थलको काम लामो समयदेखि अवरुद्ध थियो । यस सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’

यस्तै इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये रु ५ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने र विद्युत प्राधिकरणमार्फत् कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय भएकोसमेत उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर