सर्वोच्चबाट रिगलको माफी मिनाहा बदरपछि ओली टिप्पणी- गठबन्धनले अबिर जात्रा गरेर स्वागत गरेको थियो – Nepal Press

सर्वोच्चबाट रिगलको माफी मिनाहा बदरपछि ओली टिप्पणी- गठबन्धनले अबिर जात्रा गरेर स्वागत गरेको थियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले संविधानमा बलमिच्याइँ गरेपछि सर्वोच्चले रिगलको मुद्दा उल्टयाइदिएको बताएका छन् ।

संसदीय दलको बिहीबार भएको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले आफूसँग बहुमत छ भनेर अहंकार देखाएको बताए ।

उनले भने, ‘सरकारले संविधान मिच्ने, आफूसँग गठबन्धनको बहुमत छ भन्ने अहंकार देखाउने, अदालतले पटक पटक सचेत गराउँदासमेत कानूनीराज होइन बलमिच्याइँ गर्ने काम गर्‍यो । आजैमात्र पनि सर्वोच्च अदालतले रिगलको सन्दर्भमा सरकारको सिफारिसमा राष्ट्रपतिले माफी मिनाहा गर्नुभएको थियो र गठबन्धनले बाजागाजा, अबिर जात्रा र फूलमालासहित स्वागत गरेर लगेको थियो । अर्को एकजना सरकारले छाडेको मान्छे गिरफ्तार भएको छ ।’

उनले अपराधीहरुलाई सरकारले कुनै आधारविना छाडेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर