उपेन्द्र यादवको प्रष्टीकरण- कम्युनिष्टसँग सहकार्य र मोर्चा हुन्छ तर जसपा कम्युनिष्ट हुँदैन – Nepal Press

उपेन्द्र यादवको प्रष्टीकरण- कम्युनिष्टसँग सहकार्य र मोर्चा हुन्छ तर जसपा कम्युनिष्ट हुँदैन

काठमाडौैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा कम्युनिष्ट हुन नसक्ने प्रष्ट पारेका छन् । समाजवादी मोर्चामा सम्मिलित भएपछि यादवलाई पनि पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालसहित नेताहरुले कमरेड भन्दै सम्बोधन गर्दै आइरहेपछि उनले आफ्नो पार्टी कम्युनष्टि हुन नसक्ने बताएका हुन् ।

‘जनता समाजवादी पार्टी, नेपाल सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी हो । कम्युनिष्ट पार्टी होइन र हुन पनि सक्दैन । यसमा कसैलाई भ्रम नरहोस् । समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरुबीचको मोर्चा समाजवादी मोर्चा हो’, उनले भनेका छन् ।

वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन पनि नसक्ने बताए । समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र मोर्चा मात्र हुने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक–आर्थिक शोषण–उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिकऔअर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन सकिन्नँ । यस सम्बन्धमा कसैलाई कुनै भ्रम अथवा  द्वविधा नहोस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर