केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि लिङ्देनले भने- हामी विपक्षमा छौं – Nepal Press

केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि लिङ्देनले भने- हामी विपक्षमा छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा विपक्षमा रहेको बताएका छन् । एमालेका समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि अध्यक्ष लिङ्देनले आफूहरु विपक्षमा रहेको बताए ।

उनले भने, ‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो । अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ ।’

अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पार्न आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर