लाओसविरुद्ध अञ्जनको बराबरी गोल, बने नेपालका संयुक्त सर्वाधिक गोलकर्ता – Nepal Press

लाओसविरुद्ध अञ्जनको बराबरी गोल, बने नेपालका संयुक्त सर्वाधिक गोलकर्ता

काठमाडौं । लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले बराबरी गोल गरेका छन् ।

यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।

अञ्जनले ४८औं मिनेटमा हेडमार्फत बराबरी गोल गरे । त्यसअघि लाओसले ३३औं मिनेटमा अग्रता लिएको थियो ।

नेपालकाे लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको राष्ट्रिय कीर्तिमानमा निराजन रायमाझी र हरि खड्काले १३-१३ गोल गरेका छन् ।

अञ्जनले सन् २०१४ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । हरिको कीर्तिमानलाई निराजनले सन् २००८ मा बराबरी गरेका थिए । भने निराजनकाे कीर्तिमानमा आज विष्टले बराबरी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *