सीके राउतलाई छाडेर मधेशका पूृर्वसांसद किशोरी साह एमालेमै फर्किए, ओलीले गरे स्वागत – Nepal Press

सीके राउतलाई छाडेर मधेशका पूृर्वसांसद किशोरी साह एमालेमै फर्किए, ओलीले गरे स्वागत

जनकपुरधाम । मधेश प्रदेशका पूर्व सांसद किशोरी साह ‘कमल’ जनमत पार्टी परित्याग गरी पुनः नेकपा एमालेमा फर्केका छन् ।

नेकपा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसांसद साहलाई पार्टी प्रवेश गराए । अध्यक्ष ओलीले उनलाई टीका लगाएर गम्छा ओढाएका थिए ।

२०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १(१) बाट नेकपा एमालेबाट विजयी भएका थिए । तर टिकट नपाएकै झोकमा उनले २०७९ को निर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडेका थिए ।

चुनावमा पराजित भएका साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेका छन् ।

 

 


प्रतिक्रिया

One thought on “सीके राउतलाई छाडेर मधेशका पूृर्वसांसद किशोरी साह एमालेमै फर्किए, ओलीले गरे स्वागत

  1. भित्रियो एमालेमा अर्को पदलोलुप । पार्टिमै रहेर काम गरिरहेको एउटा इमान्दार कार्यकर्ता यो पदलोलुपका कारण बलिको बकरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर