इजरायलमा आज राति नेवानीको जहाज पठाइने – Nepal Press

इजरायलमा आज राति नेवानीको जहाज पठाइने

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।

इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने विषयमा आज बिहान बालुवाटारमा सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, नेवानीका पदाधिकारीसँगको छलफलपछि आजै जहाज पठाउने निर्णय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *