कर्णाली प्रदेशको एमाले अध्यक्षमा गुलाबजंग शाह विजयी, १०० मत गन्न बाँकी हुँदा १४६ को अग्रता – Nepal Press

कर्णाली प्रदेशको एमाले अध्यक्षमा गुलाबजंग शाह विजयी, १०० मत गन्न बाँकी हुँदा १४६ को अग्रता

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । उनी १०९ मत गन्न बाँकी छँदै विजयी बनेका हुन् ।

उनले ३१० मत प्राप्त गर्दा १४६ मतले अग्रता कायम गरेका छन् । जबकी गन्न बाँकी रहेको मतभन्दा मतान्तर बढी भएपछि उनी विजयी बनेका हुन् ।

५०० मत गनिसक्दा अध्यक्षका निकटतम प्रतिस्पर्धी मीन बहादुर शाहीले १६४ मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले २८५ मतले पाएका छन् भने लाल बहादुर महताराले १४३ मत ल्याउँदा दानसिंह परिवार ४९ मतमा सीमित भए ।

त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ३३९ सहित अग्रस्थानमा हुँदा रूद्र बहादुर शाहीले १३३ मत ल्याएका छन् ।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले २४६ मतले लिड गरिरेहका छन् भने रमेश वहादुर शाही २१९ मतले पछ्याइरहेका छन् । त्यस्तै, पद्मा खड्का ११९ र मेनका पछाईले ८६ मत ल्याएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर