प्रचण्ड-माधवलाई ओलीको जवाफ: नेकपा उहिल्यै पोलेर खाइसक्यौ, के व्युँताउँछौ – Nepal Press

प्रचण्ड-माधवलाई ओलीको जवाफ: नेकपा उहिल्यै पोलेर खाइसक्यौ, के व्युँताउँछौ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा व्युँताउने कुनै सम्भावना नभएको बताएका छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले नेकपा व्युँताउने अभिव्यक्तिपछि ओलीले त्यो सम्भावना नभएको बताए ।

एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्ट एकता नेकपा व्युँताउने अरे ! नेकपा त अस्ति नै पोलेर खाइसक्यो । अब कहाँबाट व्युँताउँछौ । हामीलाई कुनै भ्रम छैन । यी तत्वहरु कम्युनिष्ट हुन् भन्ने भ्रम कसैले पाल्न आवश्यक छैन ।’

उनले प्रचण्ड-माधवले एमालेमा फुटाएर कांग्रेसको पाउमा सरकार चढाउन गएको टिप्पणी गरे ।

ओलीले थपे, ‘अनि वामपन्थी एकता रे ! नेकपा व्युँताउने रे ! फेरि भ्रम पर्न जरुरी छैन । कम्युनिष्ट जति एमालेमा आउन म आग्रह गर्न चाहन्छु, माओवादीमा भएका साथीहरुलाई पनि भन्न चाहन्छु ।’

उनले कसैको भ्रममा नपरी पार्टी पंक्तिलाई अब हरेक वडामा ५१ प्रतिशत एमाले हुनेगरी काममा लाग्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर