एमाले बागमती प्रदेश अधिवेशन : भोलि बिहानदेखि निर्वाचन कार्यक्रम, बिहीबार मतदान हुने – Nepal Press

एमाले बागमती प्रदेश अधिवेशन : भोलि बिहानदेखि निर्वाचन कार्यक्रम, बिहीबार मतदान हुने

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम भोलि बिहान ८ बजेदेखि हुने भएको छ ।

सोमबारदेखि काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा असोज ११ गते बिहान ११ बजेदेखि मतदान हुने भएको हो । निर्वाचन कार्यक्रम पार्टी प्रदेश कार्यालयबाट हुने एमालेले जनाएको छ ।

तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने भएको छ ।

त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ । मतदान भने असोज ११ गते बिहीबार बिहान ११ बजेबाट हुने भएको छ । अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् । अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

बन्द सत्र सञ्चालनका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल रहेको छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन् ।

अधिवेशनमा आज के-के भए ?

ग्रुप विभाजन र छलफल

ग्रुप नेताहरुले प्रतिवेदन उपर धारणा राख्ने काम

१. आनन्दकुमार श्रेष्ठ
२. बद्री मैनाली
३. हस्त पंण्डित
४. कमल पाठक
५. एकलाल श्रेष्ठ
६. वेलीमाया घले
७. रमेश पौडेल

सुझावसहित प्रतिवेदन पारित

निर्वाचन कार्यक्रम च्यासलमा १० गते

१. ८ बजे मतदाता नामावली प्रकासन
२. अन्तिम नामावली ९ बजे
३. ९-११ उम्मेदवारी दर्ता
४. ४ बजे उम्मेदवारी नामावली प्रकाशन
५. ५ बजे अन्तिम नामावली प्रकाशन
६. मतदान११ गते बिहान
अन्तिममा १६ वटा प्रस्ताव पारित गरेर कार्यक्रम समापन

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर