‘रीत’ को सिक्वेल ‘रीत २’ बन्ने, चलचित्रमा लिम्बु जातिको विवाह संस्कार समेटिने – Nepal Press

‘रीत’ को सिक्वेल ‘रीत २’ बन्ने, चलचित्रमा लिम्बु जातिको विवाह संस्कार समेटिने

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्सको ब्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ ।

लिम्बु भाषा संस्कृतिमा आधारित यो चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरी लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथालाई समेटिनेछ ।

चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो र नितु नेम्वाङको अभिनय रहनेछ ।

सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्वाङ निर्माता रहने चलचित्रमा पूर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहनेछ । चलचित्रको छायांकन कात्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर