यस वर्षको पद्मश्री पुरस्कार ‘मनु’ लाई, वात्यासनलाई साधना सम्मान – Nepal Press

यस वर्षको पद्मश्री पुरस्कार ‘मनु’ लाई, वात्यासनलाई साधना सम्मान

काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने २०७९ को पद्मश्री पुरस्कार आख्यानकार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ ले प्राप्त गरेको छ । पुरस्कारको अन्तिम पाँच सूचीमा ‘मनु’ सहित ‘ऐंठन’, ”शून्यको मूल्य’ र ‘मफलर’ थिए ।

प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक-सांस्कृतिक उपन्यास हो । मुल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।’

त्यस्तै प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साधना सम्मान वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ ।

सबै पुरस्कारको राशी तीन लाख छ । कोजाग्रत पूर्णिमाको दिन पुरस्कार वितरण गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर