‘एक भगवत एक गीता’ हेरेपछि झरनाको साह्रै माया लाग्यो : रीमा विश्वकर्मा – Nepal Press

‘एक भगवत एक गीता’ हेरेपछि झरनाको साह्रै माया लाग्यो : रीमा विश्वकर्मा

काठ्माडौँ । चलचित्र ‘एक भागवत एक गीता(सामाजिक कथा)’ हेरेर फर्केकी नायिका रीमा विश्वकर्माले सो चलचित्र हेरेपछि आफूलाई निर्देशक तथा अभिनेत्री झरना थापाको माया लागेको बताएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै झरना थापा जत्तिको निर्देशक तथा निर्माता टिमलाई आफूहरुले बचाउनुपर्ने बताएकी हुन् ।

उनले आफूलाई चलचित्र मनपरेको कुरा पनि स्टाट्समा उल्लेख गरेकी छन् ।

‘एक भागवत एक गीता’ हेरे । चलचित्र हेरेपछि म भित्रको कलाकारलाई कलाकार ‘झरना थापा’ को सार्है माया लागेर आयो’, उनले लेखेकी छन, ‘यत्तिको नेपाली चलचित्र निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक र निर्माता टिमलाई हामीले बचाउनुपर्छ ।’

कलाकार र चलचित्र बाच्नको लागी निर्माता बाच्न जरूरी भएको उनको भनाइ छ । राम्रा चलचित्रको मूल्यांकन हामी आफैले गर्नुपर्ने उनको तात्पर्य छ ।

उनी लेख्छिन्, ‘झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार र व्यवसाय करियरको रूपमा विकसित हुन अझै अर्को पचास वर्ष लाग्न सक्छ ।’

विश्वकर्माले झरनाको कलाप्रतिको बुझाई, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको ईमान्दारिताको प्रंशसा गरेकी छन् । भने कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोलीप्रति पक्षपाती भएर गरिएका समीक्षाको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर