‘प्रकाश’को रिटमा उच्च अदालत पाटनले दियो कारण देखाउ आदेश – Nepal Press

‘प्रकाश’को रिटमा उच्च अदालत पाटनले दियो कारण देखाउ आदेश

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा ‘सर्वोत्कृष्ट फिल्म’को विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालतले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई ‘सर्वोत्कृष्ट फिल्म’को विधा नराख्नुको कारण मागेको हो ।

यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा नै गायब पारिएपछि चलचित्र ‘प्रकाश’ को टीमले बिहीबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

अवार्डका लागि चलचित्र विकास बोर्डले बनाएको जुरीले सर्वोत्कृष्ट चलचित्रमा बहुप्रशंसित फिल्म ‘प्रकाश’ लाई सिफारिस गरे पनि अवार्ड पाउन नसकेपछि ‘प्रकाश’ का लेखक विकास सुवेदीले चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । बोर्डले सो निवेदन बल्लतल्ल दर्ता गरे पनि अहिलेसम्म कुनै जवाफ नदिएपछि सुवेदीसहित ‘प्रकाश’ का निर्देशक दिनेश राउत र व्यवस्थापक मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुको निवेदनमा निर्णायक समिति ‘जुरी’ले प्रतिवेदनमा सिफारिस गरेको चलचित्रलाई नै उत्कृष्ट चलचित्रको उपाधिबाट पुरस्कृत गर्न परमादेश माग गरिएको छ ।

विपक्षी बोर्डका पदाधिकारीले कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरी निर्णायक समितिले सिफारिस गरेको चलचित्रलाई पुरस्कार प्रदान नगरी अधिकार दुरुपयोग गरेको आरोप निवेदनमा लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर