घरेलु हिंसाको कथा बोकेको ‘सीता’को ट्रेलर सार्वजनिक – Nepal Press

घरेलु हिंसाको कथा बोकेको ‘सीता’को ट्रेलर सार्वजनिक

काठमाडौं । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा तयार पारिएको टेलिसिरियल ‘सीता’को ट्रेलर सार्वजनिक भएको छ ।

आरटी इन्टरटेन्मेन्टमार्फत सार्वजनिक ट्रेलरमा गरिबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठाइएको छ ।

सीताको भूमिकामा मोडल सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छन । ‘सीता’मा लेखक तथा निर्देशक प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । बालकृष्ण ओलीले सीताको श्रीमानको भूमिका निभाएका छन् ।

ट्रेलरमा राजु भुजू, सविता गुरुङ, तारा केकभ, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्यलगायतलाई मुख्य भूमिका देख्न सकिन्छ ।

‘सीता’ प्रत्येक मंगलबार ८ बजे हिमालय टेलिभिजन र आरटी इन्टरटेन्मेन्टमा हेर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर