स्वस्तिमाले इन्स्टाग्राममा कमाइन् १ मिलियन फलोअर्स – Nepal Press

स्वस्तिमाले इन्स्टाग्राममा कमाइन् १ मिलियन फलोअर्स

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको इन्स्टाग्राम फलोअर्स १० लाख नाघेको छ । नेपाली नायिका अदिती बुढाथोकी र प्रियंका कार्कीपछि इन्स्टाग्राममा १ मिलियन फलोअर्स हुने उनी तेस्री नायिका हुन् ।

दर्शकमाझ खड्काको राम्रो क्रेज छ । उनी अभिनित चलचित्र ‘दिमाग खराब’ यही कात्तिक २४ गते रिलिज हुँदैछ ।

इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइएकी नायिका अदिती बुढाथोकीको हालसम्म इन्स्टाग्राममा २.३ मिलियन अर्थात २३ लाख फलोअर्स छन् । उनको नेपालमा मात्र नभएर भारतमा पनि फ्यान फलोअर्स छन् । उनी हाल भारतमै बस्छिन् । बेलामौका नेपाल आउँदै उनी नेपाली चलचित्रहरु गर्ने गर्छिन् ।

अदितीपछि इन्स्टाग्राममा धेरै पछ्याइने नायिका प्रियंका कार्कीको हालसम्म १.१ मिलियन अर्थात ११ लाख फलोअर्स छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर