‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पुस २७ मा रिलिज हुने – Nepal Press

‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पुस २७ मा रिलिज हुने

काठमाडौं । पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्वाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा अभिनेता भारद्वाजलाई एङ्ग्री योङम्यानको रूपमा प्रस्तुत गरिएको छ ।

बाबु साहेब बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ ।

सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो ।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भइरहेको जानकारी दिए । फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव, अपार गुरुङ र हुन् ।

फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।

मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सनको काम भइरहेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रवीण ढकालको कलरग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर