अभिनेता गौरव पहारी र श्रेणी खतिवडाले गरे इन्गेजमेन्ट – Nepal Press

अभिनेता गौरव पहारी र श्रेणी खतिवडाले गरे इन्गेजमेन्ट

काठमाडौं । अभिनेता गौरव पहारी र श्रेणी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । बुधबार होटल र्‍याडिसनमा यी दुईकोे इन्गेजमेन्ट समारोह सम्पन्न भएको हो ।

परिवार, आफन्तजन, सीमित साथीभाई तथा केही कलाकर्मीको उपस्थितीमा यी दुईले औंठी साटासाट गरेका हुन् । करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडी यहीँ वर्षको माघमा विवाहमा परिणत गर्ने तयारीमा छन् ।

थुप्रै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेका पहारी चर्चित अभिनेता टीका पहारीका छोरा हुन् । उनले २०१३ मा रिलिज भएको चलचित्र ‘मञ्जरी’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए । तर, उनलाई सोचेजस्तो सफलता भने ‘होस्टेल’ चलचित्रबाट मिलेको थियो । पछिल्लो समय उनी गायक प्रकाश सपुतको गीत ‘जाले रुमाल फाट्यो’मा देखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर