‘कौसीद’को ट्रेलर सार्वजनिक, असोज २६ मा रिलिजको तयारी (भिडिओ) – Nepal Press

‘कौसीद’को ट्रेलर सार्वजनिक, असोज २६ मा रिलिजको तयारी (भिडिओ)

काठमाडौं । असोज २६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘कौसीद’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई मिनेट लामो ट्रेलर ओ.एस.आर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

कुमार भाष्कर निर्देशित चलचित्रमा चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सन्दीप लोहनी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई निर्माता केदार भुषालले निर्माण गरेका हुन भने डीमेश श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता र लक्ष्मण बाँनिया सह–निर्माता हुन् । चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । भिम विश्वकर्माले सम्पादन गरेको चलचित्रलाई निशल पौडेलले खिचेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर