टेरामोक्स प्रकरणमा अख्तियार पस्यो- प्राधिकरणका वर्तमान र पूर्व २० पदाधिकारीसँग बयान (सूचीसहित) – Nepal Press

टेरामोक्स प्रकरणमा अख्तियार पस्यो- प्राधिकरणका वर्तमान र पूर्व २० पदाधिकारीसँग बयान (सूचीसहित)

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरूलाई खुफिया एजेन्सीको जस्तै काम गर्न दिने गरी नेपाल दूरसञ्चार प्राधिकरणले ल्याउन लागेको विवादास्पद टेरामोक्स खरिद प्रकरणमा अख्तियारले छानबिन थालेको छ ।

प्राधिकरणले टेरामोक्स खरिद कार्यमा व्यापक अनियमितता गर्दै सरकारी सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको हो ।

अख्तियार स्रोतका अनुसार टेरोमोक्स प्रविधि खरिद कार्यमा संलग्न भएका प्राधिकरणका वर्तमान र भूतपूर्व पदाधिकारीहरूसँग एक चरणको बयान समेत लिइसकेको छ ।

सो कार्यको EOI\RFP\ Agreement Payment Compliance of Law लगायतका कार्यमा संलग्न पदाधिकारीहरुसँग पहिलो चरणको बयान सकिएको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्खुफिया एजेन्सी बन्न खोज्दै प्राधिकरण, टेरामक्स लागू भए यसरी चुहिनेछ व्यक्तिको गोप्य कुराकानी

टेरामोक्स प्रविधिको प्रक्रिया २०७२ बाटै अघि बढे पनि सर्वोच्च अदालतको आदेशपछि प्राधिकरणले नै रोकेको थियो । २०७३ पछि विभिन्न मितिमा यसको प्रक्रिया अघि बढेको थियो ।

व्यक्तिका गोप्य विवरण रेकर्ड गर्ने टेरामोक्स प्रविधि ल्याउन प्राधिकरणले ठेक्का प्रक्रिया नै अघि बढाइसकेको छ । जबकि यसमा नेपाल टेलिकमले असहमति जनाएपछि प्राधिकरणले कारबाहीको चेतावनी दिएको थियो ।

यो पनि पढ्नुहोस्-  टेरामक्ससँग नेपाल टेलिकम सशंकित, ग्राहकको गोपनीयता जोगाउन खोज्दा प्राधिकरणको धम्की !

टेरामोक्स प्रणाली जडान गर्न ३ अर्ब भन्दा माथिको ठेक्का लगाइएकोमा आपूर्तिकर्तासँगको सेटिङमा बाँकी रकम भुक्तानी गर्ने मुख्य अभिप्रायका साथ प्राधिकरण नेतृत्व अघि बढेपछि अख्तियारले बयानका लागि पालैपालो बोलाएको हो ।

आयोग स्रोतका अनुसार भदौ २६ देखि २९ गतेसम्म वर्तमान र भूपू पदाधिकारीहरूलाई बयानका लागि पालैपालो बोलाइएको थियो । समय तलमाथि भएका कारण केहीको बयान बाँकी छ ।

यो पनि पढ्नुहोस्- सरकारी बजेट खर्चेर प्रधानमन्त्रीलाई प्राधिकरणको काउन्टर, टेरामक्सको लबिङ गर्न गोप्य गोष्ठी (भिडिओ)

स्रोतका अनुसार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग सबैभन्दा लामो बयान भएको छ । यो प्रविधि जडानमा खनालको बढी रुचि र संलग्नता देखिएको र उनी कार्यकारी प्रमुख भएकाले अख्तियारले बयान लिएको हो ।

अख्तियारले क-कसलाई बोलायो बयानमा ?

अख्तियार स्रोतका अनुसार वर्तमान अध्यक्ष पुरुषोत्तम खनाल,पूर्व अध्यक्ष दिगम्बर झासहित प्राधिकरणका वर्तमान र यसअघिका पदाधिकारीलाई बयानमा बोलाइएको हो ।

बयानमा बोलाइएका पदाधिकारी यस प्रकार छन्,

पुरुषोत्तम खनाल, अध्यक्ष

दिगम्बर झा, पूर्व अध्यक्ष

विजय कुमार रोय

रेवती राम पन्थ

सुरेश बस्नेत

हिरन्य प्रसाद बस्ताकोटी

अच्युतानन्द मिश्र

संदिप अधिकारी

सुरेन्द्रलाल हाडा

कैलाश कार्की

मीन प्रसाद अर्याल

दीपेश आचार्य

अर्जुन घिमिरे

सूर्य प्रसाद लामिछाने

धनराज ज्ञवाली

टिका प्रसाद उप्रेती

चूडामणि चौलागाई

हेम कुमार श्रेष्ठ

राममणि दुवाडी

टेकनाथ आचार्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *