मध्यपुर ठिमीमा ठेलावाली सुनिता र नगर प्रहरी बुद्धलक्ष्मीबीच ‘मल्ल युद्ध’को भाइरल भिडिओको के हो वास्तविकता ? (भिडिओ) – Nepal Press

मध्यपुर ठिमीमा ठेलावाली सुनिता र नगर प्रहरी बुद्धलक्ष्मीबीच ‘मल्ल युद्ध’को भाइरल भिडिओको के हो वास्तविकता ? (भिडिओ)

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा नगरप्रहरीमाथि हातपात भएको छ । सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावालाले हातपात गरेको हो ।

सडक किनारमा ठेलामा सामान राखेर बेच्दै गरेकी एक महिलाको नगरप्रहरीले गाडा खोसेपछि ती महिलाले नगरप्रहरीको घाँटी न्याकेकी हुन् । महिला र नगरप्रहरीबीच भएको मुडभेडको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कृष्ण अष्टमीको दिन मध्यपुर ठिमी मन्दिर छेउमा  ती महिलाले गाडामा सामान बेच्न राखेकी थिइन् । नगरप्रहरीको टोली पुगेपछि उनको गाडा नगरप्रहरीले खोसेको थियो । बेच्न राखेको कपडा भने भुईमा राखिदिएर गाडामात्र लिएर गएका थिए ।

केहीबेर गाडा तानातान भएको थियो । गाडा नगरप्रहरीले उठाएर लगेपछि आक्रोशित ती महिलालाई गाडा छुटाउन तानिरहेकी महिला नगरप्रहरीलाई आक्रमण गर्न पुगिन् । उनले महिला नगरप्रहरी बुद्ध लक्ष्मी सुवाल अधिकारीलाई घाँटीमा न्याँकेपछि हिरिकहिरिक भएकी थिइन् ।

छेउमा उभिएका सर्वसाधरणले देखेपछि महिलाबाट उनलाई छुटाउन खोजेका थिए । तर ती सर्वसाधारणले एक्लैले नसकेपछि अरु नगरप्रहरीको सहायतामा उनलाई बचाएको थियो । नगरप्रहरीलाई तीन ४ जनाले ज्यान जानबाट जोगाए ।

लगतै आक्रमणमा परेकी नगरप्रहरीले ती महिलालाई जाइलाग्न पुगेकी थिइन् । उनलाई अरु नगरप्रहरीले तानेर राखेको थिए । नगरप्रहरीको ज्यान जानेगरी आक्रमण गर्ने महिलालाई पक्राउ गरी एक दिन थुनामा राखेको मध्यपुरठिमीका नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले आर्चायले नेपालप्रेसलाई बताए । प्रवक्ता आचार्यका अनुसार ती महिलाकाे नाम सुनिता  भनेर भनेकी थिइन् ।

उनलाई एक दिन थुनामा राखेपछि १० हजार जरिवाना तिराउने सहमति भएको थियो । नगरपालिकामा आएर उनले जरिवाना तिर्ने सहमति भएर छाडिएपनि उनी जरिवाना तिर्न अझै नआएको उनले बताए ।


प्रतिक्रिया

2 thoughts on “मध्यपुर ठिमीमा ठेलावाली सुनिता र नगर प्रहरी बुद्धलक्ष्मीबीच ‘मल्ल युद्ध’को भाइरल भिडिओको के हो वास्तविकता ? (भिडिओ)

  1. नगर प्रहरीको ज्यादती। महिला नगर प्रहरीलाइ सख्त कारवाही गर ।

    1. लाइभ देखिराखेको भिडियोलाई उल्टो समचार बनाउनु, यो पत्रकारिताको धर्म हो ? कस्ले कस्लाई ङ्याकेको हो सिधै स्पष्ट छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर