लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता – Nepal Press

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ ।

अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरुबाट शव निकाल्ने काम भइरहेको बताए ।

बाढी प्रभावित क्षेत्रमा करिव १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी बिस्तापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको बताइएको छ । भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर