जो बाइडेनविरुद्ध महाअभियोग लगाउन अमेरिकी सभामुखद्वारा संसद र समितिलाई निर्देशन – Nepal Press

जो बाइडेनविरुद्ध महाअभियोग लगाउन अमेरिकी सभामुखद्वारा संसद र समितिलाई निर्देशन

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले मंगलबार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन् ।

म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताएका हुन् । हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको बताए ।

रिपब्लीकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए । बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने बताए । बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनको तयारीमा छन् ।

८० वर्षीय राष्ट्रपति माथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरुले धम्की दिएका छन् । ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग राजनीतिक बदलाको रुपमा आएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर