काेशीमा सहमतीय सरकार गठन शीर्ष नेताहरूकाे हातमा छ : उद्धव थापा – Nepal Press

काेशीमा सहमतीय सरकार गठन शीर्ष नेताहरूकाे हातमा छ : उद्धव थापा

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले सहमतीय सरकारका लागि आफूहरू तयार रहेको बताएका छन् । उनले नेपाल प्रेससँग कुराकानी गर्दै प्रदेशमा सहमतीय सरकारका लागि तयार भए पनि केन्द्रमा रहेका नेताहरू पनि तयार हुनु पर्ने बताए । उनले सहमतीय सरकार निर्माणमा नव नियुक्त मुख्यमन्त्रीले भूमिका खेल्नु पर्ने बताए ।

उनले भने, ‘अब सहमतीय सरकार निर्माणको भूमिका खेल्ने काम नव नियुक्त मुख्यमन्त्रीको हो । उहाँले शीर्ष नेताहरूलाई सहमत गराउन सक्नु भयो भने सहमतीय सरकार बन्छ ।’

सहमतीय सरकार बने प्रदेशमा देखिएको राजनीतिक अस्थिरता हटेर जाने थापाले बताए । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका थापाले प्रदेश सभामा रहेका सबै दलहरूको चाहाना मध्यावधिमा नजाँच भन्ने रहेको बताए । उनले भने, ‘अहिले कोही पनि मध्यावधिमा नजाऊ भन्नेमा छौं ।’ अब यस्तै परिस्थिति रह्यो भने मध्यावधि कसैले रोकेर नरोकिने बताए ।

संविधानको धारा १६८(३) अन्तर्गत बनेको सरकारले पनि विश्वासको मत पाउन नसक्ने बताए । यो सरकारले विश्वासको मत लिन नसक्ने र धारा १६८(५) अन्तर्गत गठबन्धन दलकै सरकार बन्ने दाबी गरे । यसरी बनेको सरकारले पनि विश्वासको मत पाउन नसके प्रदेश मध्यावधिमा जाने थापाले बताए ।

उनले भने, ‘हामीसँग बहुमत छ कसरी यो सरकारले विश्वासको मत लिन सक्छ ?’

उनले तत्कालका लागि काँग्रेस मात्रै होइन गठबन्धन दल प्रतिपक्षमा बस्ने बताए । उनले सर्वोच्चको फैसला मान्ने बताए । उनले सर्वोच्च अदालतमा बहुमतको कुरा पनि सुनवाइ नभएको बताए । उनले गठबन्धनसँग ४७ सिट भएको भए पनि सर्वोच्चले यस बारेमा सुनुवाइ नगरेको तर अदालतको फैसला मानेर गएको बताए । दुई–दुई पटक सर्वोच्च अदालतले पद मुक्त गरे पनि आफूलाई कुनै गुनासो नभएको बताए । उनले भने, ‘आफूले संविधान र कानुन नमिचेको समेत दाबी गरे ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर