सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारवाही गर्न कांग्रेसको सरकारसँग माग – Nepal Press

सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारवाही गर्न कांग्रेसको सरकारसँग माग

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कांग्रेसले सरकारसँग माग गरेको हो ।

यादवमाथि आक्रमणपछि पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

त्यस्तै, तरुण दलका अध्यक्ष विद्वान गुरुङले उक्त घटनामा प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै घटनाको भर्त्र्सना र निन्दा गरेका छन् । उनले घटनाको छानबिन गरी कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर