भ्रष्टाचारीको छानबिनमा संलग्न प्रहरी अधिकृतको सरुवा गरेको भन्दै कांग्रेस सांसद केसीले जनाए आपत्ति (भिडिओ) – Nepal Press

भ्रष्टाचारीको छानबिनमा संलग्न प्रहरी अधिकृतको सरुवा गरेको भन्दै कांग्रेस सांसद केसीले जनाए आपत्ति (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले छानबिनका लागि अघि बढाइरहेको भ्रष्टाचारको फाइलहरूमाथि अनुसन्धानमा संलग्न प्रहरीहरूको सरुवा गराइएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले एकपछि अर्को गर्दै खोलेको फाइल कुनै टुंगोमा नपुगेको बताए ।

केसीले भने, ‘भ्रष्टाचारमा छानबिन अघि बढेका फाइलहरू बीचमै तुहिने परिस्थिति बनेको छ । पाँच महिना र सात महिना नपुग्दै अहिले प्रहरी अफिसरहरूको जुन ढंगले परिवर्तन गराइएको छ । त्यो परिवर्तन के को लागि ? किन ? होइन भने एक वर्ष त सामान्यता हुनुपर्थ्यो । त्यसमा पनि उनीहरूको कार्यक्षमतामा प्रश्न हुनुपर्‍थ्यो त्यो पनि छैन ।’

प्रहरी अधिकृतहरूको सरुवाले भ्रष्टाचार नियन्त्रण हुन्छ भनेर जनताको विश्वास हराएको उनको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रहरणमा छानबिन अघि बढाएका प्रहरी अधिकृतहरूको हालैमात्रै सरकारले सरुवा गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबकै कारणले छानबिनमा संलग्न भएका प्रहरी अधिकृतहरूको सरुवा गरिएको विषय चर्चामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर