एमाले सचिवालयले टुंग्यायो प्रदेश अधिवेशनको मिति, कहाँ कहिले ? – Nepal Press

एमाले सचिवालयले टुंग्यायो प्रदेश अधिवेशनको मिति, कहाँ कहिले ?

काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टुंग्याएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए ।

उनका अनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको हो ।

एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर