आजको विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १४४ रुपैयाँ नाघ्यो – Nepal Press

आजको विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १४४ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४१ पैसामा कारोबार हुनेछ।

हिजो अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसामा खरिदबिक्री हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसामा कारोबार गरिनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.२ रुपैयाँ रहेको छ । बिक्री दर २९.१५ रुपैयाँ र कुवेती दिनार १ को खरिदमूल्य ४२८.५२  पैसा  विक्रीदर ४३०.४८ पैसामा कारोबार गर्ने अनुमति प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर