बल्छी ध्रुवेसहितका कलाकारविरुद्ध अभियोग पत्र दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी – Nepal Press

बल्छी ध्रुवेसहितका कलाकारविरुद्ध अभियोग पत्र दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोग पत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ । दिनेश र अनितालाई भने ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर