नेपालप्रति भारत सरकारको पछिल्लो नीतिबारे भारतीय नेता गुलाम नबी आजादको चासो – Nepal Press

नेपालप्रति भारत सरकारको पछिल्लो नीतिबारे भारतीय नेता गुलाम नबी आजादको चासो

काठमाडौं । भारतका पूर्व केन्द्रीय मन्त्री तथा आजाद डेमोक्रेटिक पार्टीका अध्यक्ष गुलाम नबी आजादले नेपाली व्यवसायीहरूसँगको भेटमा भारत सरकारले पछिल्लो समय नेपालप्रति अपनाइरहेको नीतिबारे चासो राखेका छन् ।

नेपाल भारत विकास तथा मैत्री संघका अध्यक्ष सूर्य भुसालसहितको टोलीसँग शनिवार दिल्लीस्थित उनकै निवासमा भएको ब्रेकफास्ट बैठकमा अध्यक्ष आजादले भारत सरकारको पछिल्लो नेपाल भूमिकाप्रति चासो राखेका हुन् ।

ब्रेकफास्ट बैठकमा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक, नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष ध्रुव शर्मा, उद्योग व्यवसायी अशोक कपुर सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर