विश्वासको मतको छलफलमा समय दिँदा बोल्न मानिनन् जसपा सांसद लिम्बू – Nepal Press
कोशी प्रदेश

विश्वासको मतको छलफलमा समय दिँदा बोल्न मानिनन् जसपा सांसद लिम्बू

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बूले कोशी सभाको बैठकमा बोल्न अस्वीकार गरेकी छन् ।

जारी सदनमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले छलफलमा भाग लिन चाहने सांसदहरूको नाम दलीय आधारमा बोलाउन थाले ।

९३ सदस्यीय प्रदेशसभामा जसपाकी एक्ली सांसद लिम्बूलाई समय दिएपनि उनी केही प्रतिक्रिया नजनाइ चुप लागेर बसिन् । त्यसपछि सभामुखले ‘नबोल्ने हो’ भन्दै नेकपा एसका नेता राजेन्द्र राईलाई बोल्न समय दिए ।

जसपाले मुख्यमन्त्रीको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर