भारतको जातीय दंगाग्रस्त मणिपुरको दुई दिने यात्रामा राहुल गान्धी – Nepal Press

भारतको जातीय दंगाग्रस्त मणिपुरको दुई दिने यात्रामा राहुल गान्धी

काठमाडौँ । भारतको जातीय दंगाग्रस्त क्षेत्रको रूपमा देखिएको राज्य मणिपुरमा भारतका प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले भ्रमण गरेका छन् ।

बीबीसीका अनुसार गान्धी बिहीबार र शुक्रवार मणिपुर रहने भएका छन् । मणिपुर यात्राको दौरानमा गान्धीले विस्थापित नागरिकहरुका शिविर देखी नागरिक समाजका प्रतिनिधिहरूलाई भेट गर्नेछन् ।

पछिल्ला दुई महिना यता मैइतेइ र कुकी समुदायको बिचमा भएको झगडाले जातीय दंगाको रूप लिएको थियो । अहिलेसम्म सय बढीको ज्यान दंगाकै कारण गएको छ भने ६० हजार भन्दा धेरै विस्थापित भएका र चालिस हजार अतिरिक्त सुरक्षाकर्मी मणिपुरमा पढाइएको बिबिसीले उल्लेख गरेको छ ।

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च सरकारी अधिकारीहरूसँग दंगाको बारेमा छलफल गरेका थिए । प्रधानमन्त्री मैदानमा नपुगेको भनेर आरोप लाएका गान्धी अहिले आफैँ मैदानमा पुगेका छन् ।

भारतीय सत्ताधारी पार्टी एन बिरेन सिंह मुख्यमन्त्री भएको मणिपुरमा अहिले मुख्यमन्त्री सिंहको राजीनामाको व्यापक माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर